एमालेको १० औं महाधिवेशन आयोजक कमिटी खारेज

0

काठमाडौं : नेकपा एमालेले १० औं महाधिवेशन आयोजक कमिटी खारेज गरेको छ । बुधबार  दिउँसो बालुवाटारमा बसेको बैठकले यसअघि बनाएको महाधिवेशन आयोजक कमिटीलाई खारेज गर्नै निर्णय गरेको हो ।

बैठकपछि प्रतिक्रिया दिँदै एमाले नेता प्रदीप ज्ञवालीले बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमै रुपान्तरण गर्ने निर्णय गरेको जानकारी दिएका छन् । 

माओवादीबाट एमालेतर्फ लागेका नेताहरु पनि तत्कालीन नेकपा हुँदा रहेको पदअनुसार स्थायी समिति र केन्द्रीय समितिमा कामय रहने ज्ञवालीले बताए । 

१८ गतेका लागि केन्द्रीय समिति बैठक बोलाउने निर्णय पनि भएको उनले जानकारी  दिए । 

बैठकले स्थायी कमिटीमा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई मनोनीत गर्ने निर्णय पनि गरेको प्रवक्ता ज्ञवालीले बताए ।

Leave A Reply

Your email address will not be published.