महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसमा छलफल तीव्र : विमलेन्द्र, शशांक र प्रकाशमानबीच भेटवार्ता

0

काठमाडौं : पार्टीको महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसका उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीचको छलफलले तीव्रता पाएको छ ।

मंगलबार तीन नेताबीच सिंह निवास चाक्सीबारीमा महाधिवशेन र सभापतिको उम्मेद्वारीका विषयमा छलफल भएको हो ।

तोकिएको समयमा नै १४ औं महाधिवेशन सम्पनन गराउने र क्रियाशील सदस्यताका साथै समायोजनाका बिषयमा छलफल भएको नेता सिंहले बताए ।

अहिलेको अवस्थामा पार्टीलाई लोकतान्त्रीक पद्धती अनुसार चलाउनका लागि शुक्रबार महामन्त्री कोइराला निवासमा सबै केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने सहमति भएको छ ।

सिंह, कोइराला र निधि तीनै जना आगामी महाधिवेशनमार्फत् सभापति बन्न आकांक्षी हुन् । तीनै जना नेता महाधिवेशनका बारेमा निरन्तर छलफलमा छन् । तीन नेताका बीचमा यसअघि निधि निवास र कोइराला निवासमा छलफल भइसकेको थियो ।

Leave A Reply

Your email address will not be published.