बंगलादेशमा विष्फोट हुँदा ७ जनाको मृत्यु

0

एजेन्सी : बंगलादेशको राजधानी ढाकामा विष्फोट हुँदा सात जनाको मृत्यु गएको छ भने ५० जना घाइते भएका छन् । 

आइतबार साँझ करिब ८ बजेतिर ढाकाको मोघबजार नजिकै विष्फोट भएको थियो । 

घाइतेहरूमध्ये २९ जना ढाका मेडिकल कलेज हस्पिटल र दस जना शेख हसिना नेसनल बर्न एन्ढ प्लास्टिक इन्स्चिच्युटमा भर्ना गरिएको छ । बाँकी घाइतेलाई मोघबजार आसपासका अस्पतालमा लगिएको छ ।

विष्फोटको कारण पत्ता लगाउन सकेको छैन । प्रहरीका अनुसार आतंककारी हमला अथवा बम विष्फोट भएको जस्तो कुनै संकेत देखिएको छैन । ग्यास विष्फोट भएजस्तो देखिएको प्रहरीले जानकारी दिएको छ । यद्यपि अनुसन्धान जारी छ । 

Leave A Reply

Your email address will not be published.