अमेरिकामा भवन भत्किँदा एकको मृत्यु, ९९ को अवस्था अज्ञात

0

अमेरिकाको फ्लोरिडामा आवासीय भवन भत्किँदा एक जनाको ज्यान गएको छ । ९९ जनाको अवस्था अज्ञात छ भने ३५ जनाको उद्धार गरिएको छ ।

फ्लोरिडाको मायामी शहरमा १२ तलाको आवासीय भवन भत्किएको हो । भवन भत्किनुको कारण भने खुलेको छैन । भवन भत्किँदा त्यहाँ कति जना थिए भन्नेबारे खुलेको छैन ।

उद्धारको काम भइरहेको छ । सन् १९८० मा बनेको सो भवनमा २३० वटा फ्ल्याट छन् । भवनको छतमा निर्माणको काम भइरहेका बेला भवन भत्किएको हो ।

Leave A Reply

Your email address will not be published.