राष्ट्र गम्भीर संकटतर्फ धकेलियो : विपक्षी गठबन्धन

0

काठमाडौं : विपक्षी गठबन्धनका पाँच दलका नेताहरूले मुलुकमा जताततै हस्तक्षेप गर्ने परिपाटी बसेकाले राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको बताएका छन् ।

मंगलबार विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरू नै गुम्ने खतरा उत्पन्न भएको बताएका हुन् ।

राजनीतिक स्थायित्वसहित संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने, कानूनी शासन, समावेशिता र राष्ट्रिय हिततर्फ अग्रसर हुनुको साटो तीन वर्ष नबित्दै प्रतिगामी पाइलामार्फत मुलुकमा गम्भिर संकट उत्पन्न गरिएको नेताहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

पाँच दलका नेताहरूले स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने र लोकतन्त्रको मूल आधार निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने दायित्व रहेको निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षडयन्त्र भइरहेको पनि आरोप लगाएका छन् ।

उनीहरूले अहिले भइरहेका घटनाक्रमविरूद्ध संयुक्त रूपमा पाइला चाल्नु पर्ने अवस्था सिर्जना भएको र आफूहरू त्यसका लागि प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन् ।

No description available.
No description available.
Leave A Reply

Your email address will not be published.