मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री पदमुक्त

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद विस्तार बदर गर्न अन्तरिम आदेश जारी गरेको हो । योसँगै वर्तमान मन्त्रिपरिषदका २० जना मन्त्री पदमुक्त भएका छन् ।

जेठ ७ गते संसद विघटन गरिसकेपछि प्रधानमन्त्री ओलीले जेठ २१ मा एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन राज्यमन्त्रीलाई हटाएका थिए भने उपप्रधानमन्त्रीसहित १० मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका थिए ।

जनता समाजवादी पार्टीका राजेन्द्र महतो र एमालेका रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाएका उनले अर्थमन्त्री विष्णु पौडेललाई पनि उपप्रधानमन्त्रीमा बढुवा गरेका थिए ।

२७ जेठमा उनले सात मन्त्री र एक राज्यमन्त्री थप गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए ।

सर्वोच्चको आदेशसँगै पदमुक्त हुने मन्त्रिहरुमा रघुविर महासेठ, राजेन्द्र महतो, खगराज अधिकारी, सरदसिंह भण्डारी, अनिलकुमार झा, शेरबहादुर तामाङ र राजकिशोर यादव रहेका छन् ।

त्यसैगरी, लक्ष्मणलाल कर्ण, नैनकला थापा, ज्वालाकुमारी साह, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी, एकवाल मियाँ, नारदमुनी राना, गणेशकुमार पहाडी, मोहन बानियाँ र राज्यमन्त्रीहरु चन्द्रकान्त चौधरी, रेणुका गुरुङ र आशाकुमारी विक पदमुक्त भएका छन् ।

२० मन्त्रीलाई पदमुक्त गर्न सर्वोच्चको अन्तरिम आदेश (आदेशसहित)
२० मन्त्रीलाई पदमुक्त गर्न सर्वोच्चको अन्तरिम आदेश (आदेशसहित)
२० मन्त्रीलाई पदमुक्त गर्न सर्वोच्चको अन्तरिम आदेश (आदेशसहित)
Leave A Reply

Your email address will not be published.