नेपालमा थप २ हजार ८२८ जनामा कोरोना संक्रमण

0

काठमाडौं : नेपालमा थप २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ ।

देशभर ८ हजार ६ सय ८७ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा २ हजार १४ र ४ हजार ३ सय ३५ वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ सय १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना संक्रमित हुनेको कूल संख्या ६ लाख १४ हजार २ सय १६ पुगेको छ ।

हाल देशभर ६१ हजार १ सय १७ जना सक्रिय संक्रमित रहेका छन् । तिमध्ये ५७ हजार ८ सय २६ जना होम र ४ हजार ३ सय ११ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप ५२ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ५ सय ५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८२ जना संक्रमित निको भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ५ लाख ४३ हजार ५ सय २१ पुगेको छ ।

नेपालमा संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको छ । हालसम्म संक्रमण पहिचानका लागि ३२ लाख ४० हजार २ सय ९९ वटा नमुना पिसिआर विधिबाट र १ लाख २३ हजार ३ सय ८६ वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.