सम्पादक बुढाथोकीको निवासमा खानतलासी

0

काठमाडौं, ३२ साउन । प्रेस चौतारी नेपालले आफ्ना केन्द्रीय सल्लाहकार तथा साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकीको निवास मण्डिखाटारमा प्रहरीले आज अपराह्न खानतलासी गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
साँघु साप्ताहिकमा प्रकाशित एक समाचारका विषयमा विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाहीका निम्ति महानगरीय प्रहरी परिसर, टेकु, काठमाडौँमा जाहेरी दर्ता भएको भन्दै प्रहरीले उहाँको खोजी गरेको बुझिएको छ ।
अखबारमा प्रकाशित वा अनलाइनमा प्रसारित समाचारका विषयमा विद्युतीय कारोबार ऐन आकर्षित नहुने भन्दै चौतारीका महासचिव माधव नेपालले आज जारी गर्नुभएको विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूलको कार्य हुने र त्यसले राज्यको प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धतामा गम्भीर प्रश्न उठ्ने गतिविधि नगर्न सरकारलाई ध्यानाकर्षण गराइएको छ ।

Leave A Reply

Your email address will not be published.