ट्यांकर चालक र सरकारबीच खोप उपलब्ध गराउने सहमति, आन्दोलन फिर्ता

0

काठमाडौं : कोरोनाविरुद्धको खोप दिन सरकार सहमत भएपछि इन्धन ढुवानी गर्ने ट्यांकरका चालकहरुको आन्दोलन फिर्ता भएको छ ।

नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएको छ ।

बागमती प्रादेशिक डिपो कार्यालय थानकोटका ट्यांकर चालक र सहचालकलाई निगमले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाउने सहमति भएको हो ।

सहमतिअनुसार थानकोट डिपो र त्यहाँबाट प्रदेशभरि तेल ढुवानी गर्ने ९ सय जना चालक तथा सहचालकले कोरोना खोप पाउनेछन् । अमलेखगञ्जका झण्डै १ हजार ४ सय चालक–सहचालकलाई पनि खोप दिने सहमति भएको छ ।

कोरोनाविरुद्धको खोप नपाएको भन्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघ गत आइतबारदेखि आन्दोलनमा उत्रिएको थियो ।

Leave A Reply

Your email address will not be published.