प्रतिनिधिसभा विघटनको मुद्दामा घिमिरे र केसी एमिकस क्युरीमा सिफारिस

0

काठमाडौं : प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालत बार एशोसिएसनले वरिष्ठ अधिवक्ताहरु कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई अदालतको सहयोगी (एमिकस क्युरी)मा सिफारिस गरेको छ ।

मंगलबार बसेको सर्वोच्च बारको बैठकले घिमिरे र केसीलाई अदालतको सहयोगीमा सिफारिस गरेको हो ।

जेठ ७ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।

उक्त मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनबाट २/२ जना अदालतको सहयोगी मगाउने आदेश गरेको थियो ।

कुनै गम्भीर मुद्दामा अदालतले राय आवश्यक पर्ने ठानेमा अदालतको सहयोगी माग गर्ने प्रचलन छ ।

Leave A Reply

Your email address will not be published.