जर्मनीले नेपाललाई ४ अर्ब ८० करोड अनुदान दिने

0

काठमाडौं : जर्मनीले नेपाललाई ३४ दशमलव ४ मिलियन यूरो अर्थात करिब ४ अर्ब ८० करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ ।

नेपाल र जर्मनी सरकारबीच सोमबार भर्चुअल रुपमा विकास सहायता सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौता बारे काठमाडौंस्थित जर्मनी दूतावासले विज्ञप्ति जारी गर्दै सहयोग रकम स्वास्थ्य, दिगो आर्थिक विकास र उर्जा एवं पुनर्नविकरणीय उर्जा क्षेत्रमा खर्च गरिने जनाएको छ ।

जर्मनीले नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । यसअघि जुन ८ मा कोरोनालाई लक्षित गरी जर्मनीले पहिलो सहायता सामग्री नेपाल पठाएको थियो ।

सो सहयोगमा भेन्टिलेटर, आइसोलेसन टेन्ट, मास्क लगायतका स्वास्थ्य सामग्री रहेको थियो । यस बाहेक जर्मनीले सरकारको इमरजेन्सी कोभिड सपोर्ट कार्यक्रम अन्तर्गत ११ मिलियन अतिरिक्त सहयोग समेत गरको थियो ।

Leave A Reply

Your email address will not be published.