माधव समूहसहितको स्थायी समिति बैठक बोलाउने ओलीको तयारी

0

काठमाडौं : प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल–झलनाथ खनालसहितको स्थायी समिति बैठक बोलाउने तयारी गरेका छन् । 

अध्यक्ष ओलीले यसअघि नेपाल–खनाल पक्षलाई एकताका लागि राखेको ६ बुँदे प्रस्तावका आधारमा २०७५ जेठ २ गते कायम स्थायी समितिको बैठक बोलाउने तयारी गरेका हुन् । 

 मिति नै तय नभए पनि बैठकको तयारी भइरहेको र त्यसका लागि खनाल नेपालको समेत सहमति ओलीले खोजेको बताइएको छ । 

एमालेको दसौं महाधिवशेन आयोजक समिति आधिकारिक संरचना नभएको भन्दै केही दिनअघि सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पनि बैठकका लागि ओली तयार भएको बताइन्छ ।

यसैबीच माधव नेपाल पक्षसहितको स्थायी समिति बैठक बोलाउने तयारी चलिरहेको चर्चाबीच उपप्रधानमन्त्रीसमेत रहेका एमाले नेता विष्णु पौडेलले एमाले उपाध्यक्ष वामदेव गौतमसँग भेटवार्ता गरेका छन् । दुई नेताबीच नेता भैंसेपाटीस्थित गौतम निवासमा भएको हो । 

विष्णु पौडेलसहित ओली पक्षका दोस्रो तहका नेता एमालेका दुई पक्षको मिलन गराउन प्रयासरत छन् । एमालेका उपाध्यक्ष वामदेव गौतमले यसअघि माधव नेपाल पक्षले नयाँ पार्टी खोले साथ दिने घोषणा गरेका थिए ।

Leave A Reply

Your email address will not be published.