मनसुन देशभर फैलियो, देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

0

काठमाडौं : आइतबारबाट शुरु भएको यो वर्षको मनसुन देशभर नै फैलिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन यो हप्ता सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । महाशाखाले बाढी तथा पहिरो आउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ ।

सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

सोमबार प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ । त्यस्तै देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

Leave A Reply

Your email address will not be published.