विश्वमा चीनको प्रभाव रोक्न ‘जि–सेभेन’ समूह सहमत

0

विश्वका धनी तथा औद्योगिक राष्ट्रहरुको समूह ‘जि–सेभेन’ले गरिब देशहरुमा भौतिक पूर्वाधार विस्तारमा लगानी बढाउने भएको छ ।

विश्वभर बढ्दो चिनको प्रभाव रोक्न गरिब तथा अल्पविकसित मुलुकहरुलाई पूर्वाधार विस्तारमा सघाउने योजना जि सेभेनले पास गरेको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको प्रस्तावलाई जि सेभेनले ‘बि–थ्रि–डब्लु’ अर्थात ‘ब्युल्ड ब्याक बेटर वल्र्ड’ नाम दिएको छ ।

बेलायतको कोर्नवेलमा सम्पन्न जि सेभेनको शिखर बैठकले यो प्रस्ताव पास गरेको हो ।

जानकारहरुले जि सेभेनको ‘बि–थ्रि–डब्लु’ प्रस्तावलाई चिनको महत्वकांक्षी ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ ९बि।आर।आई।० को विकल्पको रुपमा हेरेका छन् ।

बिआरआई मार्फत चिनले गरिब मुलुकहरलाई थेग्नै नसक्ने ऋणको भार बोकाएको जि सेभेनको ठम्याई छ ।

जि सेभेनका देशहरु चिनको प्रभाव रोक्ने विषयमा सहमत भएपनि गरिब देहरुलाई कसरी सहयोग गर्ने भन्नेबारे ठोस निर्णयमा पुगिसकेका छैनन्।

गरिब देशहरुसँग भौतिक पूर्वाधारमा सम्मानजनक र न्यायोचित साझेदारी विकास गर्ने जि सेभेनको वाचा छ ।

Leave A Reply

Your email address will not be published.