धनुषा : धनुषाको मुखियापट्टी मुसहरनिया गाउपाँलिकामा शुक्रबार पाँच बालिकाको पानीमा डुबेर मृत्यु भएको छ ।
जिल्लाको दक्षिणी भेग नेपाल–भारतको सिमानामा पर्ने मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ स्थित एकै गाउँका पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा लक्ष्मीनियाका पल्टु यादवका १२ वर्षिया छोरी लक्ष्मीनिया, जोगेन्द्र मण्डलका १० वर्षिया छोरी चन्द्रा कुमारी, राजगिर पूर्वेका १३ वर्षिया मञ्जु, जगरनाथ ठाकुरका १२ नातिनी वर्षीया चाँदनी र उतिम साह तेलीको १२ वर्षिया छोरी ललिता रहेका छन् ।
घरबाट पाँचै जना बाख्रा चराउन गएका थिए । बाख्रा चराइरहेको बेला पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
स्थायनीय हुलास यादवको खेतमा खनिएको करिब नौ फिट गहिरो पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।