सभामुख सापकोटाले प्रधानमन्त्रीसहित शीर्ष नेतालाई बोलाए छलफलमा

0

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसहित संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुको सर्वदलिय बैठक बोलाएका छन् ।

उनले पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन् ।

सभामुख सापकोटाले प्रधानमन्त्रीसहित नेताहरुलाई पत्र लेखी समसामयिक विषयमा छलफल गनुपर्ने भन्दै जेठ २८ गते संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बोलाएका हुन् ।

सभामुखले समसामयिक विषयमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग छलफल गर्न खोजेको संसद सचिवालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.