चीनको प्रभाव रोक्न अमेरिकाको नयाँ कदम

0

अमेरिकाले चीनसँग बढ्दो आर्थिक प्रभाव रोक्न भन्दै नयाँ कानून प्रस्ताव गरेको छ ।


अमेरिकामा चीनले प्रविधिको क्षेत्रमा अर्बौं डलर लगानी गरेर आफ्नो प्रभाव कायम राख्न खोजको भन्दै अमेरिकी राष्ट्रपतिले सो कानुन ल्याउने भएको सीएनएनले जनाएको छ ।


राष्ट्रपति निर्वाचित भएलगत्तै बाइडेनले गरेको प्रतिवद्धता अनुसार सो कानुन ल्याइएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।


नयाँ कानुनले चीनको लगानी नियन्त्रण गर्नुका साथै अमेरिकी नव लगानीकर्ताहरुलाई प्रोत्साहन गर्ने ह्वाइटहाउसको दावी छ ।


नयाँ प्रस्तावित कानुन संसदका दुवै सदनले पारित गरेलगत्तै कार्यान्वयनमा आउने बताइएको छ । तर कतिपय विपक्षी दलका सांसदहरुले भने बाइडेनको कदमको विरोध गरेका छन् ।


उनीहरुले सरकारको सो योजनाको विरुद्धमा मतदान गर्ने चेतावनीसमेत दिएका छन् ।


अमेरिकाको कदमले नासाका गतिविधि अघि बढाउन सहज हुने अधिकारीहरुले दावी गरेका छन् । यस्तै साइबर सुरक्षा र अन्य प्राविधिक सुधारका लागि लगानी थपिने उनीहरुको अनुमान छ ।

Leave A Reply

Your email address will not be published.