भारतमा चट्याङ लागेर एकैदिन २३ जनाको मृत्यु

0

एजेन्सी : भारतमा सोमबार साँझ चट्याङले लागेर २३ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिम बंगाल राज्यका तीन जिल्लामा तीव्र गतिको हावा र भारी वर्षासँगै परेको चट्याङले लागेर कम्तीमा २३ जनाको मृत्यु भएको हो ।

बीबीसी हिन्दीका अनुसार घटनमा धेरै व्यक्ति घाइते भएका छन् ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

Leave A Reply

Your email address will not be published.