कोरोना संक्रमणबाट हालसम्म ११ जना प्राध्यापकको निधन

0

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमणका कारण हालसम्म ११ जना प्राध्यापकको निधन भएको जनाएको छ । यस्तै कोरोना संक्रमणबाट १२ जना कर्मचारीको ज्यान गएको त्रिविले जनाएको छ ।

आइतबार त्रिविले प्रकाशित गरेको एक विज्ञप्तिमा सो जानकारी दिइएको हो । दुई जना सह प्राध्यापक, पाँच जना उप प्राध्यापक र चार जना शिक्षण सहायकको कोरोनाका कारण निधन भएको विश्वविद्यालयले जनाएको छ ।

यस्तै, एक जना महाशाखा प्रमुखसहित विभिन्न पदमा कार्यरत १२ जना कर्मचारीको निधन भएको विज्ञप्तिमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.