थाइल्याण्डका राजपरिवारले दिएको स्वास्थ्य सामग्री हस्तान्तरण

0

काठमाडौं : थाइल्यान्डले कोरोना नियन्त्रण र रोकथाम तथा संक्रमितको उपचारका लागि विभिन्न स्वास्थ्य सामाग्री नेपाललाई प्रदान गरेको छ । 

थाइल्याण्डका राजा महाबलिरालङ्कन फा बजिरक लाओचाओइहा, रानी सुधिदा बज्रसुधाविमलाक्छना र राजकुमारी बज्रकितिबा नरेन्दादीब्याभातिले व्यक्तिगत रुपमा सहयोगस्वरुप स्वास्थ्य सामाग्री नेपाललाई प्रदान गरेका हुन् ।

थाइल्यान्डकी राजदूत भोसिता भोरासाफले उक्त सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरे ।  

सहयोग हस्तान्तरण कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल र थाइल्याण्डबीचको सम्बन्ध ऐतिहासीक रहेको भन्दै महामारीका बेला भएको सहयोग महत्वपूर्ण रहेको बताए । यसले कोरोना नियन्त्रण र रोकथामका साथ उपचारमा पनि सहज हुने उनको भनाइ थियो । 

थाइ राजपरिवारले १० लाख थान सर्जिकल मास्क, पीपीई गाउन ११ हजार ५२० थान, पिपिई लेग कभर १० हजार जोडी, पिपिई सर्जिक क्याप १० हजार थान, फेस शिल्ड पाँच हजार सहयोग गरेको छ ।

त्यस्तै रेपिड एन्टिजन युनिट २० हजार युनिट, फिङ्गर टिप्स पल्स अक्सिमिटर ६०० थान, डिजिटल थर्मोमिटर एक हजार ५०० थान, बोडी ब्याग एक हजार, अक्सिजन नाजल ३० थान, अक्सिजन कन्सन्ट्रेटर आठ थान नेपाललाई सहयोग गरेको हो ।

Leave A Reply

Your email address will not be published.