काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले रुसका राष्ट्रपति भ्लादिभिर पुटिनलाई रुसले उत्पादन गरेको स्पुतनिक–५ खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै पत्र पठाएकी छन् ।
परराष्ट्र मन्त्रालयमार्फत पठाइएको पत्रमा नेपाल महामारीको संकटमा रहेको र जनतालाई बचाउन खोप अनिवार्य भएको भन्दै खोप सहयोगको लागि अनुरोध गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नेपालको स्वास्थ्य सेवा विभागले उक्त खोपलाई मान्यता दिइसकेको छ । राष्ट्रपतिले खोप उत्पादक मुलुक अमेरिका, भारतका राष्ट्रपतिलाई पठाइसकेकी छन् ।
त्यस्तै चीनका राष्ट्रपति सी जिनपिङसँग राष्ट्रपतिको पौने एक घण्टा कुराकानी भएलगत्तै चीनले १० लाख डोज खोप उपलब्ध गराएको छ ।