अदालतले संविधान र संसदीय व्यवस्था बचाउँछ : देउवा

0

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले सम्मानित सर्वोच्च अदालतले संविधान र संसदीय व्यवस्था बचाउने विश्वास व्यक्त गरेका छन् ।

बिहीबार नेपाल प्रेस युनियनको ३१ औं वर्ष प्रवेशको अवसरमा युनियनले गरेको अर्चुअल कार्यक्रममा देउवाले मध्यरातमा संसद विघटन गर्नु असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतले संविधान र संसदीय व्यवस्था बचाउने विश्वास व्यक्त गरे । सभापति देउवाले कांग्रेसले धारा ७६ को उपधारा ५ व्यख्यामा निर्दलीय चरित्र देखायो भन्नेहरुलाई जवाफ दिँदै संविधान पढ्न आग्रह गरे ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले देशमा एकसाथ तीन वटा लडाइं लडिरहेको बताए । उनले नागरिकलाई कोरोनाबाट बचाउन, शासकबाट संविधान बचाउन र महाधिवेशन गरेर कांग्रेस बचाउने लडाई एकै साथ लड्न परेको बताए ।

उनले संविधानको धारा ७६ को उपधारा ५ ले दलिय सरकार बन्ने नसकेपछि प्रतिनिधिसभा पाँच वर्ष जोगाउन सांसदलाई स्वविववेकको अधिकार दिएको जिकिरि गरे ।

कार्यक्रममा प्रवक्ता विश्वप्रकाश शर्माले जनताले कांग्रेसलाई विपक्षमा बस्न जनादेश दिएको भए पनि कम्युनिष्टहरुले सत्ता चलाउन नसकेपछि मात्र सरकारको दावी गर्नुपरेको बताए । उनले कोरोनाले जनता मरेर सेतो कात्रोमा भएका बेला राजनीति दलहरु रातो झण्डा हल्लाउदै भोट माग्न जान नसक्ने स्पष्ट पारे ।

Leave A Reply

Your email address will not be published.