प्रतिनिधिसभा विघटनसम्बन्धी सबै रिट संवैधानिक इजलासमा

0

काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाएको छ ।

बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो ।

प्रतिनिधिसभा विघटनसम्बन्धी ११ वटा मुद्दा यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका छन् । संसद विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा शुक्रबारका लागि पेशी तोकिएको छ ।

साधरण इजलासमा सुनुवाई भएका १९ वटा मुद्दलाई पनि सवैधानिक इजलासमा पठाइने भएको हो । प्रतिनिधिसभा विघटनका विरुद्धमा ३० वटा मुद्दा सर्वोच्च दर्ता भएका छन् ।

राणाले संवैधानिक इजलासमा पठाएका सबै रिटमा राष्ट्रपति कार्यालय शितल निवासलाई विपक्षी बनाइएको छ । अब ती सबै ३० वटा मुद्दाको सुनुवाइ भोलि शुक्रबार संवैधानिक इजलासमा हुने सर्वोच्च अदालतले जनाएको छ ।

यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित प्रतिनिधि सभाका १ सय ४६ सांसदले बहुमत सांसदले हस्ताक्षर गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त नगरेको भन्दै सर्वोच्चमा रिट हालेका थिए ।

Leave A Reply

Your email address will not be published.