अमेरिकामा बन्दुकधारीको आक्रमणमा ८ जनाको मृत्यु

0

एजेन्सी : अमेरिकाको क्यालिफोर्निया राज्यको एक रेलवे स्टेशन नजिक भएको गोली काण्डमा ८ जनाका मृत्यु भएको छ ।

क्यालिफोर्नियाको सैन जोसमा रहेको सान्ता क्लारास्थित रेल यार्डमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी ८ जनाको हत्या गरेको हो ।

रेलवे स्टेशन नजिक रहेका रेलवे कर्मचारीहरुको छलफल चलिरहेकै बेला गोली प्रहार भएको बुझिएको छ ।

गोलीकाण्ड गर्नु अघि ती व्यक्तिले आफनो घरमा आगजनी गरेको बुझिएको छ । बन्दुकधारी प्रहरी कारबाहीमा मारिएका छन् ।

अमेरिकामा यो वर्षमात्रै २ सय ३० वटा गोली काण्डका घटना भएका छन् ।

Leave A Reply

Your email address will not be published.