एनआरएन बेल्जियमको महिला सम्योजकमा निर्मला बजगाईको उम्मेदवारी

0

चारदिशा, बेल्जियम ,

बिगत एक दशक देखि बेल्जियममा बस्दै आएकी, नेपाली समुदायको एकता र उन्नतिको लागि सकृय महिला निर्मला बजगाईले गैर आबासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकालका लागि ‘महिला सम्योजिकाको’  पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ , यहाँका महिला एबम बालबालिकाहरुका सामाजिक र सांस्कृतिक कृयाकलापमा सधैं सक्रिय सहभागिता जनाउदै आएकी बजगाईले आगामी दिनमा पनि आफ्नो समुदायको प्रगती मा उन्नतिमा अझ सक्रियता पूर्वक लाग्न, एन आर एन जस्तो सामाजिक संगठनको सदस्यको रुपमा स्वीकारीदिनु हुन बेल्जियमबासी नेपाली दाजुभाई दिदीबहिनी हरुमा हार्दिक अनुरोध गर्नु भएको छ ।

आदरणीय बेल्जीयमबासी दाजुभाई तथा दिदीबहीनीहरु, नमस्कार,

म निर्मला बजगाई,   बेल्जियम बसाईको ९ बर्षको अबधिमा मैले आफुले बेल्जीयममा बिभिन्न सामाजिक तथा सांस्कृतिक क्रियाकलापहरुमा सक्रिय सहभागीता तथा आफ्नो क्षामता अनुसारको सहयोग गर्दै आएकीछु, साथै प्रबासका नेपाली संघ संस्थामा नेतृतवदायी भुमिकामा रहेर बिभिन्न सामाजिक कार्यहरु सफलता र सक्रियताका साथ निभाउदै आएकी छु ।

आगामी दिनहरुमा पनि मेरो यो सक्रीयतालाई निरन्तरता दिनको लागी,हामी सबैको साझा संगठन गैह्र आवसिय नेपाली संघ बेल्जियममा रहेर काम गर्न यहाँका सामाजिक कृयाकलापमा सक्रिय दाजुभाइ दिदीबहिनीहरुको आग्रहलाई हृदय देखिनै आभार प्रकट गर्दै स्वीकार गरी संगठनको सदस्यको रुपमा सहभागि हुन चाहेको निबेदन गर्दछु ।

बिशेष गरी म एक महिला भएको नाताले र महिलाहरुको हक,अधिकार र हरेक सामाजिक , सास्कृतिक लगायतका क्रियाकलापहरुमा महिला दिदीबहीनीहरु को नेत्रित्वदायी र सक्रिय सहभागीता होस भन्ने मेरो आदर्श भएेकोले सम्पूर्ण महिला दिदी बहिनीहरुको प्रतिनिधित्वको आभास हुने गरी , अब बन्ने एन आर एन बेल्जीयमको कार्य समिती (२०१५=२०१७ ) मा महिला संयोजीका को पदमा सर्बसम्मत निर्बाचित गरिदिनु हुन बेल्जीयमबासी संपुर्ण दिदीबहिनी,दाजुभाई,आमाबुबाहरुमा हार्दिक अनुरोध गर्दै यहाँहरुको सल्लाह , सहयोग र समर्थनको अपेक्षा सहित आफ्नो उमेदवारी प्रस्तुत गरेकी छु ।

धन्यवाद ।

निर्मला बजगांई
उम्मेद्धार, महिला संयोजक
गैह्र आवसीय नेपाली संघ, बेजिययम

Leave A Reply

Your email address will not be published.