चीनले नेपाललाई थप १० लाख डोज खोप दिने

0

काठमाडौं : चीन सरकारले नेपाललाई थप १० लाख डोज कोरोनाविरुद्धको खोप दिने भएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार दिउँसो खोप दिने घोषणा गरेको काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले ट्वीटर मार्फत जानकारी दिएकी हुन् ।

चीनले नेपाललाई तत्कालै अनुदानस्वरुप १० लाख मात्रा खोप उपलब्ध गराउने घोषणा गरेको छ । सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले उपलब्ध गराउने जनाएको छ ।

ट्वीटरमा राजदूत यान्छीले राष्ट्रपति विद्या भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता लगतै चीनले सो घोषणा गरेको जनाएकी छन् ।

Leave A Reply

Your email address will not be published.