नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी

0

काठमाडौं : लगातार कोरोना संक्रमण बढिरहेका बेला आज नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७ सय १४ नयाँ संक्रमित थपिँदा ६ हजार ७ सय १६ संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ६ हजार ८ सय ४५ पुगेको छ ।

देशभरका प्रयोगशालामा १९ हजार ३० नमुनाको पीसीआर टेष्ट गर्दा ६ हजार ६ सय ७७ जना र ३ सय २२ एन्टिजेन टेष्टमा ३७ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ हजार ४ सय ९३ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंमा १ हजार १ सय ३९, ललितपुरमा २ सय ४१ र भक्तपुरमा १ सय १३ जना छन् । यससँगै देशभरमा संक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ पुगेको छ ।

यस्तै १० वर्षमुनिका १ सय ८६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६ सय १५ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.