नेपालमा थप ७ हजार ९१४ जनामा कोरोना संक्रमण

0

काठमाडौं : नेपालमा आइतबार थप ७ हजार ९ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको १८ हजार ९६५ पीसीआर परीक्षणका क्रममा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नयाँ संक्रमितमध्ये २८२१ काठमाडौं उपत्यकाका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या पाँच लाख १३ हजार २४१ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १९३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमाा ६ हजार ३ सय ४६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप सात हजार ६ सय ६४ जना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म तीन लाख ९१ हजार ३ सय ४८ जनाले कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार हाल नेपालमा १ लाख १५ हजार ५४७ संक्रमित आइशोलेशनमा र ८७३ जना क्वारेन्टिनमा छन् । हालसम्म नेपालमा २९ लाख १६ हजार ४६८ वटा पीसीआर गरिएको छ । 

Leave A Reply

Your email address will not be published.