प्रतिगमन दोहोरियो, डटेर प्रतिवाद गरौं : माधव नेपाल

0

 काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि संसद्को चीरहरण भएको टिप्‍पणी गरेका छन् ।

प्रतिनिध सभा विघटपछि सामाजिक सञ्‍जालमार्फत प्रतिक्रया दिँदै नेता नेपालले प्रतिगमन दोहोरिएको बताएका छन् । शीतल निवासले संविधानमाथि कठाराघात गरेको उनको भनाइ छ ।

‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ,’ उनले भनेका छन्, ‘प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ ।’

नेता नेपालले संसद् विघटन गरेर चुनावको घोषण गर्नु प्रतिगमन भाग-२ भएको पनि बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदमको भर्त्सना गर्दै यसको प्रतिवाद डटेर गर्न आह्वान  गरेका छन् ।

No description available.

​ ​

Leave A Reply

Your email address will not be published.