नेपालमा एकैदिन कोरोनाबाट २४६ जनाको मृत्यु, ८ हजार १७३ संक्रमित थपिए

0

काठमाडौं : नेपालमा बुधबार थप ८ हजार १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी जम्मा ८,१७३ जना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जसमध्ये काठमाडौं उपत्यकामा २ हजार ४ सय ८६ संक्रमित भेटिएको मन्त्रालयको भनाइ छ ।

त्यस्तै कोरोनाका कारण थप २४६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँचहजार दुई सय ५२ पुगेको छ ।

त्यस्तै थप सात हजार ९ सय ८९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.