भारतमा चक्रवातको असर : हवाई सेवादेखि कोरोनाविरुद्धको खोप अभियानसम्म प्रभावित

0

एजेन्सी : अरब सागरमा बनिरहेको ताऊ ते चक्रवातका कारण त्यहाँ हवाई सेवादेखि कोरोना विरुद्धको खोप अभियानसम्म प्रभावित भएको छ । चक्रवातको गति १ सय ५५ देखि १ सय ६५ किलोमिटरसम्म हुने अनुमान गरिएको छ ।

त्यहाँको मौसम विभागका महानिर्देशक मृत्युञ्जय महापात्रले सोमबार गुजरातका विभिन्न भूभागमा आँधीका कारण भारी वर्षा हुनसक्ने बताएका छन् ।

सो चक्रवात निकै तीव्र गतिको भएकाले मछुवारहरुलाई समुद्री क्षेत्रमा नजान आग्रह गरिएको छ । विमान कम्पनीहरूले गोवा अन्तरराष्ट्रिय विमानस्थलमा उडान÷अवतरण स्थगित गरेका छन् ।

गुजरातका मुख्यमन्त्री विजय रूपाणीले आज र भोलि त्यहाँ खोप अभियान स्थगित गरिदिएका छन् ।

चक्रवातका कारण त्यहाँ करिव एक दर्जन मानिसको ज्यान गएको र तटीय क्षेत्रबाट हजारौंलाई उद्धार गरिएको छ । सो चक्रवातले भारतका गुजरात, महाराष्ट्र, कर्नाटक, केरला लगायतका प्रान्तमा असर पारेको छ ।

Leave A Reply

Your email address will not be published.