माओवादी र जसपासँग मिलेर सरकार बनाउने कांग्रेसको निर्णय

0

काठमाडौं : नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी गर्ने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले सरकार बनाउन दाबी गर्ने निर्णय गरेको हो ।

सभापति देउवाको नेतृत्वमा सरकार बनाउन सर्मथन जुटाउन एमाले बाहेकका दलहरुसँग छलफल गर्न निर्णय गरेको छ ।

बैठकपछि सहमहामन्त्री डा प्रकाश शरण महतले माओवादी केन्द्र कांग्रेसलाई सघाउनेबारे स्पष्ट भइसकेको बताउँदै राष्ट्रपतिले दिएको समयभित्र सिँगै जसपा र माधव नेपाल पक्षको समेत समर्थन जुटाउने कोसिस गर्ने निर्णय भएको बताए ।

कांग्रेसले एमालेकै माधव कुमार नेपाल समूहले पनि तोकिएको समयभित्र एउटा निकास दिने भएकाले पार्टीको नेतत्वमा सरकार बन्ने पर्याप्त आधार रहेको दाबी गरेको छ ।

कांग्रेस पदाधिकारी बैठकले आफ्नो नेतृत्वको सरकार गठनका लागि महन्थ ठाकुर पक्षको सहमति जुटाउनका लागि देउवा आफैंले पहल गर्ने निर्णय गरेको छ ।

कांग्रेसको मंगलबारको बैठकले जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो (१६) लाई मनाउने विभिन्न विकल्पहरूबारे छलफल गरेको सह महामन्त्री महतले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.