अस्पताल, अक्सिजन र जनशक्तिको व्यवस्था गर्न सर्वोच्चको आदेश

0

काठमाडौं : सर्वोच्च अदालतले जनतालाई आधारभूत स्वास्थ्य सुविधा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयसहित सरोकारवालाका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले अस्पताल, स्वास्थ्यकर्मी, औषधि र अक्सिजनको पर्याप्त व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयसहित सरोकारवालालाई अन्तरिम आदेश गरेको हो ।

अधिवक्ता शैलेन्द्रप्रसाद अम्बेडक लगातयले दायर गरेको रीटमा सुनुवाई गर्दै सर्वोच्चले ‘आवश्यक पर्ने औषधि र अक्सिजनको आपूर्ति सहज बनाउनु, थप साधनयुक्त अस्पतालहरु सञ्चालमा ल्याउनु साथै अस्पतालहरुमा बिरामीहरुको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तत्काल गर्न’ भनी आदेश दिएको हो ।

सर्वोच्चले सरकारलाई देशभरका अस्पताल र अक्सिजन अभावका बारेमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि भनेका छ ।

Leave A Reply

Your email address will not be published.