जनताको काम छिटो गर्नोस् : मन्त्री सिंह

0

काठमाडौं, २९ साउन । उपप्रधान एवं स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले स्थानीय निकायलाई भ्रष्टाचारमुक्त बनाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार काठमाडौंमा मन्त्रालयले गरेको वार्षिक प्रगति समीक्षा गोष्ठीमा उनले मुलुकमा बढ्दै गएको भ्रष्टाचारबाट जनता निराश भएकाले भ्रष्टाचार न्यूनीकरणमा आजैदेखि लाग्न निर्देशन दिए । स्थानीय निकायमा जनताको असन्तुष्टि बढ्दै गएको भन्दै सिंहले जनताको काम छिटो सम्पन्न गर्नुपर्ने बताए । राष्ट्र सेवकको आचरण, कार्यशैली र पारदर्शीता व्यवहारमा लागू हुनुपर्ने भन्दै सिंहले नीति तथा कार्यक्रम प्रभावकारी रुपमा लागू गर्न मन्त्रालयले विशेष तयारी गरिरहेको जानकारी दिए ।
नेपाल सरकारका मुख्यसचिव सोमलाल सुवेदीले राष्ट्रसेवकले जनताको काम चुस्त–दुरुस्त गर्न कुनै कसर बाँकी राख्न नहुने बताए । सबैले अरुलाई मात्र दोष दिने प्रवृत्तिको अन्त्य गरी राम्रो कामको थालनी आफैंबाट हुनुपर्ने सुझाव उनको थियो । तीनसम्म चल्ने कार्यक्रममा देशभरका स्थानीय निकायमा कार्यरत प्रतिनिधि सहभागी छन् ।

Leave A Reply

Your email address will not be published.