नेपालमा थपिए ८ हजार ४१८ संक्रमित, थप ५३ जनाको मृत्यु

0

नेपालमा शनिबार थप ८ हजार चार सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १७ हजार ३१५ पीसीआर परीक्षणका क्रममा ८ हजार दुई सय ८७ र ९८९ वटा एन्टीजेन परीक्षणका क्रममा १३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ८५ हजार ८९० पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ५३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा तीन हजार ६ सय ३२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप तीन हजार तीन सय ७० संक्रमित निको भएका भएका छन् । हालसम्म नेपालमा दुई लाख ९८ हजार ७६५ जना संक्रमणमुक्त भएका छन् ।

हाल ८३ हजार ४९३ सक्रिय संक्रमित आइशोलेशनमा र ३९८ जना क्वारेन्टिनमा छन् । हालसम्म नेपालमा २६ लाख १५ हजार ७२० वटा पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 

Leave A Reply

Your email address will not be published.