नेपालमा थपिए ९ हजार ९९६ कोरोना संक्रमित, थप ५० जनाको मृत्यु

0

काठमाडौं : नेपालमा शुक्रबार थप ९ हजार १ सय ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

देशका विभिन्न स्थानमा गरिएको १९ हजार ९ सय ८७ पीसीआर परीक्षणका क्रममा ९ हजार २३ जना र ४ सय ९५ एन्टीजेन परीक्षणका क्रममा १ सय ७३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ७७ हजार ६ सय ३ पुगेको छ ।

त्यस्तै थप ५० संक्रमितको कोरोनाका कारण ज्यान गएको छ भने हालसम्म तीन हजार पाँच सय ७९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप दुई हजार नौ सय ५ जना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा दुई लाख ९५ हजार ३ सय ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल ७८ हजार ६ सय २९ सक्रिय संक्रमित आइशोलेशन र ३८० क्वारेन्टािनमा छन् । हालसम्म नेपालमा ३७ लाख ७६ हजार ६ सय ३ वटा पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 

Leave A Reply

Your email address will not be published.