प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद्को बैठक

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आइतबार बस्ने गरी बैठक बोलाएका हुन् ।

लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी रिक्त छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ पदाधिकारी र निर्वाचन आयोगमा एक पदाधिकारी रिक्त छ । समावेशी आयोगले पनि पूर्णता पाएको छैन ।

बैठकले रिक्त रहेका संवैधानिक आयोगहरुमा पदाधिकारी सिफारिस गर्ने सम्भावना छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश हालै जारी गरेकी थिइन् ।

अध्यादेश अनुसार परिषद्को उपस्थित सदस्यको बहुमतले नियुक्ति सिफारिस गर्न सक्नेछ ।

Leave A Reply

Your email address will not be published.