एनआरएन वेल्जियम सचिव पदका प्रत्याशी रमेश कँडेलको अनुरोध

0

चारदिशा।

गैर आवासीय नेपाली संघ वेल्जियमको निर्वाचन नजिकिँदै जाँदा उमेदवारहरुले मतदाता समक्ष आफ्ना भनाइहरु राख्ने क्रम वढ्दै गैरहेको छ। उमेदवारहरु आफ्ना प्रतिवद्धताहरु राख्ने क्रममा एनआरएन वेल्जियमको सचिव पदमा उमेदवारी घोषणा गरेका रमेश कँडेलले आफ्ना भनाईहरु सार्वजनिक गरेका छन्। गैर आवासीय नेपाली संघमा  दुई  कार्यकाल काम गरिसकेका  कँडेल साहित्य र पत्रकारीतामा विशेष अभिरुचि राख्छन् र हाम्रो क्लव मार्फत खेलकुद तथा युवा शशक्तिकरणमा काम गर्दै आईरहेका छन्। प्रस्तुत छ सचवि पदका प्रत्याशी रमेश  कँडेलले चारदिशालाई उपलव्ध गराउनु भएको संक्षिप्त परिचय एवं अनुरोध ।

 १) म रमेश कंडेल धादिड० जिल्लाको वेनिघाट गाविस वाड नं १ रिचोकटार मलेखुमा २०३३ भदौमा बुबा कमल राज कंडेल र आमा ऋतुमाया कंडेलको कोखबाट जन्मेको हुँ । मेरो बुबाको पेसा शिक्षण हो । तिन वटा हाई स्कुलहरु (गजुरी , मलेखु, र चरौदी ) को संस्थापक हुनुहुन्छ र हाल धादिड०को एक प्रतिष्ठीत सहकारी संस्थाको अध्यक्ष हुनुहुन्छ । आमा एक असल गृहिणी हुनुहुन्छ ।

२) म बेल्जियममा १९९९ को अक्टोबरमा आएको हुँ । मेरो बसोबास बेल्जियमको सिन्त्रैदिन , हासेल्ट हुँदै अहिले ब्रुज शहरमा बसोबास गरेको छु । र यो बिचमा लुभेन शहरमा पनि करिब दुई बर्ष ब्यावसाय गरेको थिएँ ।

३) बेल्जियमको बसाई संगै मेरो विभिन्न संघ संस्था आबद्द रहेँ । सुरुको दिनमा बेल्जियमको सिन्त्रैदिन भन्ने शहरमा २००१ मा साथिहरु संग मिलेर “दि हिमालयन सोसाईटी” खोलियो । त्यो संस्थाको संस्थापक उपाध्यक्ष हुँ । यो बेल्जियमको नेपालीहरुको पुरानो संस्था मध्यमा एक पर्छ । यस संस्थामा म दुई कार्यकाल काम गरेँ । त्यस पछि मेरो संलग्नता मिडीया क्षेत्रमा भयो । सन् २००१ को अन्तिममा “नेपाली कम्युनिटी न्युज तथा मिडीया सर्भिस ” खोलेर वेव र पत्रिका मार्फत नेपाली कम्युनिटीलाई समाचार सूचनाबाट सुसुचित गर्ने कार्य गरियो । जस्को म संस्थापक र सम्पादक पनि हुँ । २००६-२००८ मा एनआरएन बेल्जियमको सदस्य पदमा मनोनित र २००८-२०१०मा निर्बिरोध निर्वाचित भएँ । यसबिचमा साहित्यिक श्रजकहरु संग मिलेर अनेसास ( अन्तराष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टर) को स्थापना गरियो । सो संस्थाको महासचिबमा २ बर्ष काम गरे । त्यस पछि कामको सिलसिलामा ब्रुगे सहरमा बसाई सरेँ । नयाँ ठाँउ नयाँ परिवेश को साथ कामको ब्यस्थताले केहि समय सामाजिक काममा अगाडी आउन सकेको थिईन । जब समय र परिस्थितीले साथ दिन थाल्यो । फेरी “हाम्रो क्लब ” संस्था खोलेर करिव एक बर्षदेखि ब्यस्थछु । बिषेश:त युवाहरुको क्षमताबृद्दी गर्न खेलकुद, संगित, अन्तरकृया जस्तो कृयाकलाप गरिराखेका छौ । यस संस्थाको म अहिले अध्यक्ष छु । बेल्जियमको नेपाली कम्युनिटीको समस्या भनेको नै अहिने नयाँ पिढींको लागि भाषा र युवा पिढीको लागि खेलकुद र प्रशिक्षण । हामी सधै नेपालको कुरा गर्छौ तर यहाँको युवाहरुलाई बिर्सन्छौ । यहाँ को युवाहरुलाई कुलतबाट बचाउन बेलैमा सकेनौ भने ढिलाहुन्छ । अहिले बाटै यसकुरालाई अगुवाहरु र अभिवावकहरुले सोच्ने बेला भै सक्यो । त्यसैले मेरो नारा “अग्रजहरुको आशिर्वाद , युवाहरुको बिश्वास ” लिएर अगाडी जानेछु ।

४) एन आर एनलाई धनिको होईन सबैको बनाउन पहल गर्नेछु । धन भएकाहरुको लागि ब्याबसायी संघ छदैछनि ।

५) बिभिन्न संघ संस्थामा रहेर काम गरेको अनुभव , एनआरएन मा नै २ कार्यकालमा गरेको कामहरुको अनुभवको आधारमा म सचिब पदमा रहेर काम गर्न योग्य छु । र आएको कुनैपनि चुनौतिहरुलाई कुसलता पुर्बक समाधान गर्नेछु ।

६) अन्तमा फेरी एक पटक बेल्जियमका अग्रजहरु , दाजुभाई तथा दिदीबहिनीहरु तथा साथिभाई ईष्ठमित्रहरुलाई आगामि एन आर एन बेल्जियमको कार्यसमितिको सचिव पदमा निर्वाचित गरिदिनुहुनको लागि हार्दिक अनुरोध गर्दछु । धन्यबाद ।

Leave A Reply

Your email address will not be published.