नेपालमा थप ८ हजार ६५९ जनामा कोरोना संक्रमण, थप ५८ जनाको मृत्यु

0

काठमाडौं : नेपालमा बुधबार थप ८ हजार ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको २० हजार ७५६ पीसीआर परीक्षणका क्रममा ८ हजार ६ सय ५ र ६१६ एन्टीजेन परीक्षणका क्रममा ५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ५९ हजार ६१० पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ५८ जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । हालसम्म नेपालमा कोरोनाका कारण तीन हजार चार सय ७५ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप एक हजार नौ सय ९३ संक्रमित कोरोनामुक्त हुँदा नेपालमा हालसम्म दुई लाख ८९ हजार ७८३ जना कोरोनामुक्त भएको प्रवक्ता गौतमले बताए ।

हाल ६६ हजार ३५२ जना सक्रिय संक्रमित आइशालेशनमा छन् भने ३८१ जना क्वारेन्टिनमा छन् । हालसम्म २५ लाख ५८ हजार ५१ वटा पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 

Leave A Reply

Your email address will not be published.