बितेका दुई बर्षमा एनआरएनए बेल्जियम

0

तिर्थ धमाला,  महासचिब, एनआरएनए बेल्जियम

गैर आवासीय नेपाली संघको अवधारणालाई आत्मसात गर्दै राष्ट्रीय समन्वय परिषद बेल्जियमको सातौं अधिवेशनबाट सर्बसम्मत रुपमा निर्वाचित कार्यसमितीले आफ्ना स्पष्ट दुई बर्षे कार्ययोजना लाई अगाडी सारेर आफ्नो कार्यकाल शुरु गरेको दुई बर्ष पुरा हुने संघारमा केही विवरण सहित आफ्ना अनुभब र सुझाब साझा गर्न चाहान्छु।

जस अन्तर्गत सर्वप्रथम बेल्जियम स्थित नेपालीसमुदायको तथ्यांक संकलन गर्ने, संस्थाका हरेक पदाधिकारी एवं सदस्यहरुलाई बिभागीय ज़िम्मेवारी मार्फत सक्रिय गराउने, संस्थाकोआर्थिक गतिबिधीलाई पुर्ण पारदर्शी बनाउने, बेल्जियम नेपाली दुतावास लगायत अन्य नेपाली संघ संस्था हरुसंग सहकार्य र समन्वयगर्ने, नेपालको पर्यटन प्रवर्द्धन अन्तर्गत नेपाल सरकारको  “Visit Nepal 2020” अभियानलाई प्रचार प्रसारका कार्यक्रमहरु गर्ने, अन्तराष्ट्रीय समन्वय परिषद सँग सहकार्य र समन्वय गर्ने लगायतका बिषयहरुलाई प्राथमिकतामा राखेर कार्यक्रमहरु शुरु गरिएकोमा बहुसंख्यक बिषयहरुलाई सफलतापुर्वक कार्यान्वयन गरिएको छ। तथापि संसारभर फैलिरहेको कोरोना( COVID 19) महामारीका कारणले बेल्जियम एनसीसी पनि अछुतो रहन सकेन।

यस कार्यकालमा एनआरएनए बेल्जियम राहत कोष निर्माण, पहिलो पटक बेल्जियमको सरकारी संस्था मार्फत 10,000 युरोबराबर नगद सहयोग प्राप्त, संस्थाको दिगो आर्थिक मज़बूतीको लागी बेल्जियम एक Mutualiteit संग सहकार्य गर्नेगरी Health Insurance अभियानलाई अगाडी बढाईएको, नेपालको स्वास्थ्य संस्थामा Oxygen Concentrator Machine हरु सहयोग स्वरुपउपलब्ध गराईएको, आईसीसी कोरोना राहत कोषमा चार लाख नगद सहयोग गरिएको साथै एनआरएनए बेल्जियमको एक देश एक परियोजना अन्तर्गत जाजरकोट जिल्लाको लहं स्वास्थ्य चौकी निर्माणलाई पुर्णता दिईएको लगायतका कार्यहरु प्रतिकूल समयका बावजूद पनि पुरा गरिएका छन्। त्यसैगरी संस्थाको आर्थिक प्रतिवेदन त्रैमासिक रुपमा सार्वजनिक गर्ने कार्यको शुरुवात गरिएको छ भने संस्थालाई अझ सुदृढ र ब्यवस्थित गराउने अभिप्रायले अन्तराष्ट्रीय समन्वय परिषदको मर्म अनुरुप छुट्टाछुट्टै अनुशासन समिती र लेखासमिती निर्माण गरिएको छ।

समग्रमा संस्थाको बिधी बिधान भित्रै रहेर संस्थालाई आत्मनिर्भर बनाउने अभियानको शुरुवात गरी आम बेल्जियमबासी नेपालीको साझा र बिश्वासिलो संस्थाको रुपमा बिकास गर्ने बाटोमा यस कार्यसमितिले पूर्ण समर्पित भएर इमान्दार प्रयास गरेको यथार्थतालाई यहॉं उल्लेख गर्नु बान्छनिय रहला।

आईसीसी र एनसीसी बिचको सहकार्य :

एनआरएनए आईसीसीले हरेक एनसीसीहरु संगको दुरी कम गर्नको लागी आफ्ना निती तथा कार्यक्रमहरु सार्वजनिक गर्ने लगायत एनसीसीहरु संग सुझाव संकलन गर्ने गरी एउटै प्लेटफर्ममा राखेर सहकार्य गर्ने कार्यको शुरुवात गरेको छ। यसलाई संस्थाको कार्यगत रुपान्तरणको रुपमा लिईनुपर्छ भन्ने मेरो धारणा छ। यसले क्षेत्रीय कमिटीहरुलाई पनि अझ बढी ज़िम्मेवारी र संवेदनशील बनाउनेछ।

एनसीसी बेल्जियमले पनि आईसीसीकै छातामुनी रहेर सहकार्य र समन्वय गर्दै संस्थागत सुझाबहरु दिदै आईरहेको छ। बिधानमा एकरुपता ल्याउने केन्द्रको निती अनुरुप नै बेल्जियम एनआरएनए अगाडी बढेको हामी सबै जानकार नै छौं। भबिष्यमा पनि एनसीसी र आईसीसीको सम्बन्ध अझ उचाईमा पुग्ने र समग्र एनआरएनहरुको प्रगती र उन्नती एबम मातृभूमीका बिकासका लागि केही सिर्जनात्मक काम हुने मैले बिश्वास लिएको छु।

SMART NRNA:

एनआरएनए आईसीसीको वर्तमान नेतृत्वले अगाडी सारेको SMART NRNA अवधारणा अन्तर्गतका मुख्यतया Free Membership, Free Deligates, Online Voting, MIS( Management information System), जस्ता बिषयहरुलाई  कार्यान्वयनमा लैजाने गरी छलफल अगाडी बढाएकोमा Free Membership र Free Deligates का बिषयमा हाललाई स्थगित गरीअन्य कुराहरुलाई कार्यान्वयन गर्नेगरी सर्कुलर गरेको छ। बेल्जियमले यस अघिनै MIS मार्फत सदस्यता वितरण गरिसकेको सन्दर्भमा यसको निरन्तरता संगसंगै आगामी अधिवेशनमा online Voting System लाई पनि कार्यान्वयन गर्ने गरी तयारी गरिरहेको छ।

NRNA ICC ले आफ्ना सम्पुर्ण पंजीकृत सदस्यहरुका निम्ती SMART NRNA APP ( ios & android) अगाडी ल्याएको छ।  विश्वभरका हरेक पंजीकृत सदस्यहरुले Log in गरी यो App मार्फत लाभ उठाउन सक्नुहुनेछ।

आगामी कार्ययोजना:

आदरणिय अग्रज अभियन्ताहरुको सम्मान सहित सुझाब ग्रहण गर्दै एनसीसी बेल्जियमले संस्थाका मूल अवधारणालाई समावेश गर्दै सुदृढ र एकिकृत नेपाली समाजको परिकल्पना सहित अगाडी बढ्न सक्नु पर्दछ।

आर्थिक पारदर्शिताको सवालमा र दिगो आर्थिक श्रोतहरुको पहिचानको सवालमा यस कार्यकालमा महसुस हुनेगरी रुपान्तरण गर्न  खोजिएको छ। चाहेजति र सोचेजति गर्नको लागी समय अनुकूल रहेन।

1. हरेक पंजीकृत सदस्यहरुले अपनत्व गर्ने गरी संस्थालाई रुपान्तरण गर्ने।

2- संस्थाको आर्थिक मजबूतिको लागी अभियानहरुको निरन्तरता। परिमाण स्वरुप सामाजिक सेवाका नाममा संस्थागत चन्दासंकलन कार्यको अन्त्य।
3- धेरै पहिलेदेखि बहसको बिषय रहेको नेपाली कल्चरल हाउसको अवधारणालाई कार्यान्वयन तर्फ लैजाने।
4- नेपाली समुदायलाई स्थानिय समुदायसंग अझ बढी Integrate गराई नेपाली भाषा संस्कृतिको प्रचारप्रसार गर्ने।

एनआरएनए मार्फत लगानीका अवसर:

विश्वभर रहेका नेपालीहरुको पूँजीलाई नेपालमा लगानी गर्ने उद्देश्यका साथ गैर आवासीय नेपाली संघले 10 अर्ब बराबरको डेवलपमेंटफन्ड ( NRN Nepal development Fund) स्थापना गरेको छ। यो कम्पनीमा पाँच प्रतिशत नेपाल सरकारको पनि लगानी रहनेछ ।संघले आगामी मे महिनाको 10 तारिक सम्म उक्त कोष मार्फत कम्पनि प्रोमोटरको रुपमा कम्तिमा 25 लाख रुपैया लगानी गर्न सकिने  जनाएको छ।

सुझाब:

सहमति र सहकार्यले नै संस्थालाई मज़बूत बनाउंछ। आगामी अधिवेशनमा पनि सहमति मै नेतृत्व चयन गरिनुपर्छ। यसले साथीहरु बिच काम गर्ने स्वस्थ वातावरण पैदा गर्नेछ।

हरेक ब्यक्तिको बैचारीक आस्था हुनु स्वभाविक हो। एनआरएनए बेल्जियम जस्तो बिशुद्द सामाजिक संस्थामा राजनितिक स्वार्थ भन्दा  माथी उठेर सोच्न सकियो भने संस्था र समाजको सॉंच्चै रुपान्तरण हुनेछ। संस्था बुझेर ईमानदारी पूर्वक काम गर्छु भन्ने साथीहरुलाईअगाडी बढ्ने बाटो हामी सबैले बनाउन पहल गर्नुपर्दछ, तब मात्र अग्रजहरुको सम्मानको वातावरण बन्नेछ। आस्थाकै आधारमा सहयोग र  असहयोगको वातावरण बनाईनु  हुन्न भन्ने मेरो मान्यता हो। “अग्रजहरुको सम्मान, एनआरएनए बेल्जियमको रुपान्तरण “ अब यसरीसोच्ने की? जय एनआरएनए!!!

Leave A Reply

Your email address will not be published.