कोरोनाविरुद्धको खोपमा धनी देशले कब्जा जमाए : डब्लुएचओ

0

एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रमुख टेड्रोस अधानोम ग्रेब्रेयससले कोरोनाविरुद्धको खोपमा धनी देशले कब्जा जमाएको टिप्पणी गरेका छन् ।

विश्वमा धनी देशसँग ८२ प्रतिशत खोप रहेको तर गरिब देशको पहुँचमा ०.३ प्रतिशत मात्र रहेको डब्ल्यूएचओ भनाइ छ । एक कार्यक्रममा डब्ल्यूएचओ प्रमुखल सो अभिव्यक्ति दिएका हुन् ।

उनका अनुसार विश्वभर अझै पनि एक अरबभन्दा बढी कोरोनाविरुद्धको डोज छ । उनले महामारीमा कोरोनाविरुद्धको खोप सबैको पहुँचमा पुर्‍याउने सबैभन्दा ठूलो चुनौती रहेका बताएका छन् ।

कोरोना महामारीलाई नियन्त्रणमा लिन अहिले एकमात्र उपाय धेरैभन्दा धेरै व्यक्तिलाई खोप दिनु नै रहेको डब्ल्यूएचओ प्रमुखको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.