नेसास अष्ट्रियामा नयाँ नेत्रित्व

0

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबार सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी नयाँ कार्यसमितिको चयन भएको छ। अधिबेशनले अध्यक्ष – मन्जु खड्का, उपाध्यक्ष – कुमार बोहोरा, उपाध्यक्ष – नेत्र खड्का, महिला उपाध्यक्ष – रुकमिणी पौडेल, महासचिव- अर्जुन घिमिरे , सचिव- गिता भण्डारी, कोषाध्यक्ष – प्रतिमा पण्डित , सह-कोषाध्यक्ष – रेमकला खरेल र सदस्यहरुमा क्रमस हिरा बोहोरा, रन्जु मल्ल, सुवाश गुरुङ, मुना गुरुङ, दुर्गा गौतम लाई चयन गरेको छ ।

शनिवार भिएनामा जुम मार्फत भएको यस अधिबेशन प्रमुख अतिथिहरुको आशन ग्रहणबाट शुरु भएको थियो र कार्यक्रममा सहजकर्ताको ´भूमिका निवर्तमान महासचिब तथा वर्तमान उपाध्यक्ष कुमार बोहराले गर्नु भएको थियो। अधिबेशनमा विधान संसोधन समितिका संयोजक मित्र खत्रीले बिधानको खाका प्रस्तुत गर्नु भएको थियो भने निवर्तमान अध्यक्ष रमेश खड्काले त्यसको व्याख्या गरी जिज्ञाशाहरुको उत्तर समेत दिनु भएको थियो। निवर्तमान कोषाध्यक्ष र वर्तमान उपाध्यक्ष नेत्र खडकाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।


साथै १९ -२१ का कार्यसमितिले आफ्नो कार्यकालको अनुभब बोल्ने क्रममा सबै पदाधिकारीज्युहरु र अथितीहरुले अध्यक्ष रमेश खड्काको कार्य दक्षताको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो।

निवर्तमान अध्यक्ष रमेश खड्काले आफ्नो फेसबुक वालमा लेख्नु भएको छ, ”अष्ट्रियामा बिगत १७ बर्ष देखि समाजमा सक्रिय रुपमा भुमिका निर्वाह गर्दै आगाढी बढेको संस्था नेसास अष्ट्रियाको नेतृत्व गरी, एक सक्षम महिला मन्जु खड्का लाइ नेतृत्व सुम्पिना पाउँदा म अत्यन्त हर्षित छु | समाजलाई, संस्थाको उदेश्यलाइ राम्रोसंग भित्र देखि बुझेको ब्यक्तिहरु नयाँ कार्यसमितिमा पाउनु हामी सबैलाई खुसीको कुरा हो | नयाँ जोस, सोंच भएका व्यक्तिहरुको यो समुह बास्तबमै एक उर्जासिल समुह बनेको छ | तपाइहरुलाइ बधाई र सफल कार्यकालको लागी शुभकामना !! ”

Leave A Reply

Your email address will not be published.