अमेरिकाले जोन्सन एण्ड जोन्सनको खोपमा लगाएको रोक हटायो

0

एजेन्सी : कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपमा अमेरिकाले लगाएको रोक हटाएको छ ।

खोपमा अति दुर्लभ प्रतिक्रियाका रुपमा ब्लड क्लट्स बन्न सक्ने चेतावनी राख्ने निर्णय गर्दै फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले ११ दिनपछि जोन्सन एण्ड जोन्सन खोपमाथिको रोक फुकुवा गरेको हो । 

जोन्सन एण्ड जोन्सनको खोप लगाएका झण्डै ८० लाख मध्येबाट १५ जनामा गम्भीर प्रकारको ब्लड क्लट्सको समस्या देखिएको थियो ।

ब्लड क्लट्स देखिए सबै महिला छन् र अधिकांश ५० वर्षमुनिका हुन् । उनीहरुमध्ये तीनजनाको ज्यान गएको छ भने अझै सात जना अस्पतालमा छन् ।

यहि हप्ता युरोपियन औषधि नियामक निकायले पनि जोन्सन एण्ड जोन्सनको खोपमाथिको प्रतिबन्ध हटाएको थियो ।

Leave A Reply

Your email address will not be published.