प्रतिगमनविरुद्ध लड्न सबै वामपन्थी शक्ति एक हुन प्रचण्डको आग्रह

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिलाई एकताबद्ध हुन आग्रह गरेका छन् । 

सबै शक्ति एक हुँदामात्र प्रतिगमनका विरुद्ध लड्न सकिने भन्दै उनले प्रतिगमनविराेधी अभियानमा एक हुन पनि आग्रह गरेका छन् ।

लेनिन जन्म जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ‘प्रचण्ड’ले पछिल्लो समय  नेपालको कम्युनिस्ट आन्दोलनमा प्रतिगामी प्रवृत्ति देखापरेको बताएका छन् ।

उनले भनेका छन्, ‘कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तरसंघर्षले विभिन्न समयमा पार्टी भित्रका विकृति–विसंगतिलाई संघर्षको माध्यमद्वारा किनारा लगाउने गरेको छ । ती विकृति गैरकम्युनिष्ट पश्चगामी प्रवृतिका रुपमा मूलप्रवाहबाट बाहिरिने गरेका छन् । यसको पछिल्लो कडीका रुपमा घोर प्रतिगामी प्रवृति देखापरेको छ ।’

कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तरसंघर्षले पार्टीभित्रका विकृति–विसंगतिलाई किनारा लगाउने उनको भनाइ छ । 

Leave A Reply

Your email address will not be published.