जर्ज फ्लोइडको हत्या प्रकरणमा पूर्व प्रहरी अधिकारी दोषी ठहर

0

एजेन्सी : जर्ज फ्लोइडको हत्या प्रकरणमा अमेरिकी पूर्व प्रहरी अधिकारी डेरेक शुभिन दोषी ठहर भएका छन् । 

गत वर्ष मे महिनामा शुभिनले गिरफ्तार गरी भुईंमा लडाएर घुँडाले ९ मिनेटसम्म  अफ्रिकी अमेरिकी नागरिक फ्लोइडको घाँटी थिचेका थिए । छट्पटाउँदा–छट्पटाउँदै फ्लोइडको मृत्यु भएको थियो । 

हत्याकाण्डबारे छानविन गर्न गठित जूरीले प्रहरी अधिकारी शुभिनलाई दोषी ठहर गरेको हो । 

शोभिनलाई तीनवटा अभियोगमा दोषी ठहर गरिएको छ । जसमा सेकेन्ड डिग्री हत्या, थर्ड डिग्री हत्या र आशय बिनाको गैरकानुनी हत्या छन् ।

सो हत्यापछि अमेरिका र यूरोपमा नश्लभेदको मुद्दा चर्किएको थियो । अमेरिका र विश्वभर प्रदर्शन भएको थियो ।

सन् २००१ देखि प्रहरी सेवामा प्रवेश गरेका डेरेकलाई फ्लोइडको हत्या भएलगत्तै सेवाबाट बर्खास्त गरिएको थियो । फ्लोइडको हत्यामा संलग्न अन्य तीन प्रहरी अधिकारी पनि बर्खास्तीमा परेका थिए।

Leave A Reply

Your email address will not be published.