मंगल ग्रहमा उड्यो सानो हेलिकप्टर

0

एजेन्सी : अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले सानो आकारको हेलिकप्टर मंगल ग्रहमा सफल उडान गरेको छ ।

इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा अडिएको थियो। तर नासाले त्यसलाई एउटा विमानमार्फत् अर्कै विश्वबाट पहिलो पटक नियन्त्रित र सञ्चालित उडान गरिएको बताएको छ।

मंगल ग्रहमा रहेको स्याटेलाइटले पठाएको सूचनापछि हेलिकप्टर उडेको पुष्टि भएको हो ।

आउँदा दिनहरुमा मंगलग्रहमा थप परिस्कृत र ठूलो आकारको विमान उडाउने योजना रहेको नासाले जनाएको छ ।

हालको हेलिकप्टरमा प्रयोग भएको प्रविधिको परीक्षण तथा त्यसको क्षमता थाहा पाउनका लागि इन्जिनियरहरुले इन्जेनुएटीलाई थप माथि उड्न आदेश दिने छन् ।

नासाले गएको फेब्रुअरीमा नासामा पठाएको अन्तरिक्ष यानमा सो हेलिकप्टर पठाइएको थियो । उक्त हेलिकप्टरलाई नासाको पर्सिभिअरन्स रोभरले बोकेर मङ्गल ग्रह पुर्‍याएको हो ।

Leave A Reply

Your email address will not be published.