अमेरिकामा अश्वेत युवालाई गोली हान्ने प्रहरी अधिकृत पक्राउ

0

एजेन्सी : अमेरिकाको मिनेसोटामा एक अश्वेत युवामाथि पक्राउको क्रममा गोली प्रहार गर्ने श्वेत प्रहरी पक्राउ परेकी छन् । उनीमाथि हत्या अभियोगमा मुद्दा दर्ता भएको छ ।

मिनेसोटाको ब्रूक्लीन सेन्टरमा आइतबार प्रहरीको गोली लागेर गम्भीर घाइते भएका २० वर्षे युवा डन्टे राइटको उपचारको क्रममा ज्यान गएको थियो ।

राइटलाई गोली प्रहार गर्ने महिला प्रहरी अधिकारी किम पोटरमाथि हत्या अभियोगमा मुद्दा दर्ता भएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । पक्राउ परेकी पोटरलाई हेनेपिन काउन्टी जेलमा राखिएको छ ।

प्रहरी अधिकारी पोटरले दुर्घटनाबस राइटमाथि गोली प्रहार गरेको बताएकी छन् । टेजरको साटो बन्दुक उठाएकाले राइटको ज्यान जाने दुर्घटना भएको उनले बताएकी छन् ।

Leave A Reply

Your email address will not be published.