प्रधानमन्त्री ओलीले भोलि देशवासीलाई सम्बोधन गर्ने

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा भोलि बुधबार देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक, आर्थिक तथा देशको समग्र अवस्थाका बारेमा देशवासीलाई सम्बोधन गर्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट बुधबार विहान ८ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए ।

सञ्चारमन्त्री गुरुङका अनुसार प्रधानमन्त्री ओलीले जनतालाई नयाँ वर्षको शुभकामना दिने र सरकारले हासिल गरेको उपलब्धीको बारेमा जानकारी गराउने कार्यक्रम छ ।

Leave A Reply

Your email address will not be published.