कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्दै

0

काठमाडौं : मुलुकमा कोरोनाको दोस्रो लहर फैलिएको र यसले स्वास्थ्य जोखिम निम्त्याएको ठहर गर्दै सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने भएको छ ।

सार्वजनिक सरोकारका क्षेत्रले अपनाउनुपर्ने नियमहरुको बारेमा समेत सरकारले सार्वजनिकरुपमा देशवासीलाई अपिल गर्न लागेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले तत्काल कुनै पनि क्षेत्र बन्द गर्ने निर्णय लिनुभन्दा अगाडि जनतालाई कोरोनाको नयाँ प्रजातीबारे पर्याप्त जनचेनता फैलाउने र नयाँ मापदण्डका बारेमा सार्वजनिक अपिल गर्ने निर्णय गरेको थियो ।

सीसीएमसीले शैक्षिक संस्था तीन साता बन्द गर्न प्रस्ताव गरे पनि मन्त्रिपरिषद बैठकले त्यसमा कुनै निर्णय गरेन ।

यूके भेरिएन्ट फैलिएको र जोखिम बढेको परिस्थिति आंकलनसहितको छलफल मन्त्रिपरिषदमा भएको थियो । तर, तत्काल लकडाउन गरिहाल्ने र शैक्षिक संस्था लगायतका कुनै क्षेत्र बन्द गर्ने निष्कर्षमा सरकार पुगिसकेको छैन ।

संक्रमणको परिस्थिति हेरेर सरकारले थप निर्णय लिने भएको छ । दोस्रो लहरमा बालबालिका बढी संक्रमित भएकाले शैक्षिक संस्था बन्द गर्न दवाव भए पनि सरकारले सरोकारवालासँग छलफल गरेपछि मात्र यसबारे निर्णय लिने भएको छ ।

यसैबीच उप–प्रधानमन्त्री एवं सीसीएमसी संयोजक इश्वर पोखरेलले सरकारका तर्फबाट आज संचारमाध्यममार्फत देशबासीलाई मापदण्डको पालनाबारे अपिल गर्ने भएका छन् ।

Leave A Reply

Your email address will not be published.