प्रदेश-२ का चार सांसद पदमुक्त

0

जनकपुरधाम : प्रदेश-२ का चार सांसद पदमुक्त भएका छन् । नेकपा माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दन कुशवाहा र मोहमद समिर पदमुक्त भएका हुन् ।

माओवादी केन्द्र प्रदेश २ संसदीय दलले पद बर्खास्त गर्न गरेको सिफारिस पत्र प्रदेश सभामा सभामुख सरोजकुमार यादवले पढेर सुनाएपछि चारै जनाको सांसद पद गएको हो । 

चारै जनालाई माओवादी माओवादीले स्पष्टीकरण सोधेको थियो । उनीहरूले स्पष्टीकरण नदिएपछि माओवादी संसदीय दलले दल त्‍याग गरेको सूचना प्रदेश सभालाई दिएको थियो । 

बर्खास्त भएका चार जनामध्ये एक जना मोहमम्द समिर समानुपातिकबाट प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् । अन्य तीन जना भने प्रत्यक्षबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

Leave A Reply

Your email address will not be published.